नेपालमा पनि जैविक विविधता दिवस मनाइँदै
बिहीबार, जेठ ८, २०८२
सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेको थियो । त्यसपछि सन १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघको महासभा बैठकको निर्णयले थप अङ्गीकार गर्याे र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने घोषणा भएको हो ।
द्वन्द्वपीडित महिलाको सङ्गठनद्वारा सत्य निरूपण तथा मेलमिलाप आयोगको नियुक्तिमा आपत्ति
बिहीबार, जेठ ८, २०८२
सङ्गठनका संयोजक देवी खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित पक्षहरूसँग परामर्श नगरी उजुरी माग सम्बन्धी सूचना सार्वजनिक गर्नु पीडितको गोपनीयता र सुरक्षाको हकमा गम्भीर आघात पुर्याउने कार्य हो ।’ सङ्गठनका अनुसार जेठ ४ गते आयोगमा अध्यक्ष तथा सदस्यहरूको नियुक्तिपछि भोलिपल्टै मिति जेठ ५ मा उजुरी माग सम्बन्धी सूचना प्रकाशित गर्नु...
तीन निर्माण कम्पनी परे कालोसूचीमा
बिहीबार, जेठ ८, २०८२
काठमाडौं महानगरपालिका - १४ को एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुङ्गाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।
चार संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची
बिहीबार, जेठ ८, २०८२
यसैगरी बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ। यस्तै, राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका...
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
बिहीबार, जेठ ८, २०८२
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बिहीबार, जेठ ८, २०८२
व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । भइपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।
सुन्दरहरैचा नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’लाई सम्मान गर्ने
बुधबार, जेठ ७, २०८२
विभिन्न मापदण्ड राखेर नगरपालिकाले १० दिने म्याद राखेर सूचना जारी गरेको छ । उत्कृष्ट जोडीले वडामा सम्पर्क गर्न नगरपालिकाले भनेको छ ।
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बुधबार, जेठ ७, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, जेठ ७, २०८२
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। रोकिएका अधुरा कामहरू सुचारु हुनेछन । धेरैले तपाईँका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाइसँग भेट हुँदा मन प्रसन्न...
धनुषामा विकासमा लापरवाही : खाल्डोमा डुबेर दुई बालकको ज्यान
मंगलबार, जेठ ६, २०८२
मृत्यु हुनेमा स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा ऋतिक साह र उनका भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा ऋतिश साह रहेका छन्। दुवै बालक मङ्गलबार दिउँसो खेल्दैगर्दा सो खाल्डोतर्फ पुगेका थिए। त्यही पानीमा नुहाउने क्रममा उनीहरू डुबेका थिए।
ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
मंगलबार, जेठ ६, २०८२
करेन्ट लागी प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भइरहेको क्रममा डक्टरले चेक जाँच गर्दा सावा ३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जो क्यामेरा भाडामा लिएर गायब पार्छन्
मंगलबार, जेठ ६, २०८२
गत फागुन २ गते केही साताका लागि भनेर काठमाडौंको थापागाउँस्थित फिल्मक्रिउ नेपालबाट एफएक्सथ्री एक थान क्यामेरा, २४/७० को लेन्स साथै सोनी ब्राण्डको ७०/२०० एमएमको लेन्सलगायतका करिब १२ लाख बराबरको उपकरणहरु भाडामा लिएर फिर्ता नगरेको फिल्मक्रियू नेपालका संचालक विष्णु कल्पित घिमिरेले जानकारी दिए ।
साताको लोकप्रिय

