Harsamaya
तीन निर्माण कम्पनी परे कालोसूचीमा
सार्वजनिक खरिद अनुगमनको कार्यालय ।

काठमाडौं - तीन वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । काठमाडौं महानगरपालिका - १४ को एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी र त्यसका मुख्य व्यक्तिहरू अनिल ढुङ्गाना र खेमराज आचार्य डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

सल्यानको लेख पोखरा -६ को तुलसी निर्माण सेवा र त्यसका मुख्य व्यक्ति पूर्णबहादुर भण्डारीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । बाँकेको डढुवा गाउँपालिका - ५को रहेको यज्ञश्वरी निर्माण सेवा र त्यसका प्रमुख व्यक्ति बिना बिसीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । निर्माण र आपूर्तिको ठेक्का लिएर काम नगरेपछि सम्बन्धित ठेक्का लगाउने निकायले कालोसूचीमा राख्न सिफारिस गर्न सक्छ ।

त्यसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले त्यसरी सिफारिस भएका निर्माण कम्पनी र आपूर्तिकर्ताबारे थप बुझेर कालोसूचीमा राख्छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update