अदालतको आदेश भएन कार्यानवयन, सञ्चालनमा आएनन् विद्युतीय बस
शुक्रबार, वैशाख १९, २०८२
लुम्बिनी विकास कोष अन्तर्गतका विद्युतीय सवारीसाधन अझै सञ्चालनमा आउन सकेका छैनन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले नम्बर प्लेट परिवर्तन गरी सञ्चालन गर्न अदालतले आदेश दिएको एक महिनाभन्दा बढी भइसक्दा पनि ती विद्युतीय बस र भ्यान अझै सञ्चालनमा आएका छैनन् ।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा वर्षा
शुक्रबार, वैशाख १९, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
शुक्रबार, वैशाख १९, २०८२
आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
आजको राशिफल : जीवनका रंगीन पलहरू तपाईंको प्रतीक्षामा छन्!
शुक्रबार, वैशाख १९, २०८२
आज २०८२ वैशाख १९ गते शुक्रबार। आजको दिनले तपाईंलाई अनेक अवसर, चुनौती र रहरका रंगहरू लिएर आएको छ। ग्रह–नक्षत्रको चलायमान गतिले तपाईको दिनमा उत्साह, प्रेम, र उपलब्धिको झिल्को ल्याउने संकेत देखिएको छ।
व्यक्तिगत छविमा आघात पुगेपछि प्रमुख दुलालको कडा खण्डन: नियतवश प्रकाशित समाचारप्रति गम्भीर आपत्ति
बिहीबार, वैशाख १८, २०८२
लै Singhadarbar News अनलाइन पोर्टलमा प्रकाशित एक समाचारप्रति इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलालले गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई एकपक्षीय, नियोजित र तथ्यहीन भन्दै कडा शब्दमा खण्डन गरेका छन्।
घले नेतृत्वको एनआरएनएको महाधिवेशनका लागि २ हजार ६४३ डेलिगेट्स
बिहीबार, वैशाख १८, २०८२
उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले प्रतिनिधिको फाइनल सङ्ख्या २ हजार ६४३ जना कायम गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।
बर्षौदेखि ‘कालापहाड’ : न प्रगति, न मनमा सन्तुष्टि
बिहीबार, वैशाख १८, २०८२
धेरै समय भारतको नैनीतालमा मजदुरी गर्ने देउराम नैनीतालमा मिस्त्री भनेर नेपालीमाझ चिनिन्छन् । उनले पर्खाल लगाउने काम गर्दै आएका छन् तर कहिलेकाहीँ काम नपाउँदा निर्माण सामग्री ओसारपसार पनि गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । आफ्नो खेतबारीको उब्जनीले ६ महिना पनि खान नपुग्ने भएपछि भारत जानुको विकल्प नभएको उनको अनुभव...
लुभुमा महालक्ष्मी महाभैरव जात्रा सुरु
बिहीबार, वैशाख १८, २०८२
वैशाख शुक्ल प्रतिपदाका दिन रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर चतुर्थीमा रथजात्रा सुरु हुन्छ भने यसको अघिल्लो दिन अक्षय तृ लुभुमा जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथको रथजात्रामा समावेश भएका चार पाङ्ग्रामध्ये अघिल्लो दायाँ पाङ्ग्रामा भैरव, लुभुको हयग्रिब भैरव रहेको विभिन्न शिलालेख र ताम्रपत्रमा उल्लेख रहेको स्थानीय तथा संस्कृति अभियन्ता रामकुमार श्रेष्ठले...
श्रमिकको अधिकार, सुरक्षा र सम्मानको विषयमा प्रदेश सरकार कटिबद्ध छ ः मुख्यमन्त्री कार्की
बिहीबार, वैशाख १८, २०८२
मुख्यमन्त्री कार्कीले आजैको दिन प्रदेश सरकारद्वारा ‘कोशी लगानी सम्मेलन’को शुभारम्भ गरिएको जानकारी दिँदै त्यसमार्फत रोजगारी सिर्जना र श्रमिकमैत्री वातावरण निर्माणमा नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकहरुको अवस्था उदासीन (भिडियोसहित)
बिहीबार, वैशाख १८, २०८२
न्यूनतम ज्याला सम्बन्धी सरकारले कानुन नबनाएको भने होइन तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमी कमजोरीका कारण श्रमिकहरूले मिहिनेत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
नेपाली विशिष्टताको समाजवाद नै श्रमजीवी वर्गको मौलिक पहिचान : प्रचण्ड
बिहीबार, वैशाख १८, २०८२
‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरूप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रूपमा समर्पित बनौँ । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौँ । यही नै साँचो अर्थमा...
राष्ट्रिय परिचयपत्र सम्बन्धित वडामा गएर बुझ्न नौकुण्ड गाउँपालिकाकाे आह्वान
बिहीबार, वैशाख १८, २०८२
सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र परिचयपत्र आवेदन फर्मसहित स्वयं व्यक्ति उपस्थित भई आफ्नो परिचयपत्र कार्ड सम्बन्धित वडा कार्यालयबाट बुझ्न सूचना मार्फत आह्वान गरिएको छ ।
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा राष्ट्रपतिकाे जोड
बिहीबार, वैशाख १८, २०८२
राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुभयो ।
साताको लोकप्रिय

