रामेछापमा पनि कर्फ्यु जारी
बुधबार, भदौ २५, २०८२
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनी कर्फ्यु लगाइएको उनले जानकारी दिए ।
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ, सेनाले लगायो प्रहरीको जिम्मा
बुधबार, भदौ २५, २०८२
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।
अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह
बुधबार, भदौ २५, २०८२
सूचना निर्देशनालयले सूचना जारी गर्दै सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द
बुधबार, भदौ २५, २०८२
आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
बुधबार, भदौ २५, २०८२
नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ ।
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान
मंगलबार, भदौ २४, २०८२
नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन
मंगलबार, भदौ २४, २०८२
जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
मंगलबार, भदौ २४, २०८२
प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी
मंगलबार, भदौ २४, २०८२
जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।
प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्ने
मंगलबार, भदौ २४, २०८२
धानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
देश जेन–जीकै हातमा छ, कृपया घर फर्कनुहोस् : बालेन शाह
मंगलबार, भदौ २४, २०८२
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई घर फर्किनका लागि आग्रह गरेका छन् ।
सेनाले भन्यो : जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध छौं
मंगलबार, भदौ २४, २०८२
नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको जानकारी गराएको छ ।
परिस्थिति थप जटिल नबनाउन नेपाली सेनाको अपिल
मंगलबार, भदौ २४, २०८२
नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको नेपाली सेनाले जनाएको छ । सेनाले नेपालमा हाल भइरहेको जेनजी आन्दोलनका विकसित घटनाक्रमहरूबारे नेपाली सेनाले विश्लेषण गरिरहेको उल्लेख गरेको छ।
साताको लोकप्रिय

