Harsamaya
कोसी र गण्डकीमा हल्का वर्षाको संभावना‚ अन्य स्थानमा मौसम कस्तो ?
सांकेतिक तस्बिर/ har samaya

काठमाडौं - आज देशका केही स्थानमा आंशिक बदलीको पूर्वानुमान गरिएको छ । यसबाहेक देशका अन्य भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ,” महाशाखाले बुलेटीन जारी गर्दै भनेको छ ।

आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । आउँदो बुधबार र बिहीबार (कात्तिक १२ र १३) भने देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update