कोशी प्रदेशमा छठ पर्वको उत्सव
सोमबार, कात्तिक १०, २०८२
व्रतालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसेर सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिरहेका छन् । शनिबार ‘नहायखाय’ विधिबाट सुरु भएको यो पर्व आइतबार ‘खरना’ सम्पन्न गरी आज मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परामा प्रवेश गरेको हो ।
प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा
सोमबार, कात्तिक १०, २०८२
प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरी घाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।
प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा
सोमबार, कात्तिक १०, २०८२
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ ।
छठ पुजा : अस्ताउँदो सुर्यलाई अर्घ दिन व्रतालुहरु जलाशयमा
सोमबार, कात्तिक १०, २०८२
जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । छठको चौथो दिन बिहान उदाउँदै गरेको सुर्यलाई व्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ ।
अमनले भने ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’
सोमबार, कात्तिक १०, २०८२
सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले भिडियो लाइभ गर्दै उनले ‘त्यो निरंकुश शासकहरूले चलाएको देश अब सकियो भनेको हुँ’ भनेको उल्लेख गरेका छन् ।
जुम्लामा करेन्ट लागेर युवकको मृत्यु
सोमबार, कात्तिक १०, २०८२
जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
आजको मौसमः देशमा पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव
सोमबार, कात्तिक १०, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ आजको दिन तपाईंको राशिफल
सोमबार, कात्तिक १०, २०८२
आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
सरकारको आग्रह: पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिनुहोस्
सोमबार, कात्तिक १०, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।
छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
सोमबार, कात्तिक १०, २०८२
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
आइतबार, कात्तिक ९, २०८२
प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो।
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु
आइतबार, कात्तिक ९, २०८२
दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
आइतबार, कात्तिक ९, २०८२
यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको ईशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
साताको लोकप्रिय

