कस्तो छ तपाईंको आजको राशिफल ?
मंगलबार, माघ ८, २०८१
आज मिति २०८१ माघ ८ गते मंगलवार। हेर्नुहोस् तपाईंको राशिफल ।
मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ।

ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु
सोमबार, माघ ७, २०८१
धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए...

महोत्तरीको मझौरा गाउँ शौचालयविहीन
सोमबार, माघ ७, २०८१
स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् ।

झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
सोमबार, माघ ७, २०८१
मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए । प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

बैतडीका एक जनाको भारतमा मृत्यु
सोमबार, माघ ७, २०८१
बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।

आज सुनको मूल्य सामान्य घट्यो
सोमबार, माघ ७, २०८१
नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य ओरालो लागेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

यस्ता वडाध्यक्ष जो घोडामा कार्यालय आउजाउ गर्छन्
सोमबार, माघ ७, २०८१
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँलले घोडा चढ्न थालेका छन् । सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर उनले घोडा चढ्न थालेका हुन् ।

जनकपुर भन्सारले जफत गरेका सवारी साधन लिलामीमा, शिलबन्दी बोलपत्र आव्हान (सूचनासहित)
सोमबार, माघ ७, २०८१
भन्सार विभागले जनकपुर भन्सार कार्यालयमा जफत गरिएका विभिन्न सवारी साधनहरू लिलामीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

विपिन सकुशल घर फर्किने आशामा परिवार
सोमबार, माघ ७, २०८१
हमास–इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षामा छन् ।

यी चार प्रदेशमा वर्षाको सम्भावना
सोमबार, माघ ७, २०८१
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाका साथै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

वृषलाई नयाँ व्यवसाय सुरु गर्ने मौका, कर्कटको प्रेमको बन्धन कसिने
सोमबार, माघ ७, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

राप्तीमा घडियाल गोहीको गणना सुरु
आइतबार, माघ ६, २०८१
बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ ।
कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए ।

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु
आइतबार, माघ ६, २०८१
पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ।
साताको लोकप्रिय