Harsamaya
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

दाङ - टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । 

आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो । टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update