काठमाडौंमा मधेसीलाई भेदभाव गरियो, एकजुट हुनेबेला आयो : अध्यक्ष यादव
बिहीबार, जेठ २९, २०८२
उनले भने,‘हाम्रो यतिधेरै जनसङ्ख्या भएपनि एकजुट हुन सकेको छैन । आफ्नो हकको लागि बोल्न सकेको छैन । त्यसैले पार्टीमा विमर्श गर्यौं । मुलुकको राजनीतिमा विसङ्गती र विकृति छ । हामी त्यसमा खडा हुनुपर्छ । राज्यले गरेको गलत कामलाई गलत भन्न सक्नुपर्छ र न्याय र अधिकारको लागि पनि खडा हुनुपर्छ ।’

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
बिहीबार, जेठ २९, २०८२
गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ ।

तीन दलका तीन नेताहरुको चर्तिकला झन् बढी नाङ्गिदै छः अध्यक्ष भट्टराई
बिहीबार, जेठ २९, २०८२
उनले भने, ‘अहिले जसरी उनीहरूले एकअर्काका खुट्टा तानातान गरेर पोल खोला खोल गरिरहेका छन् आगामी दिनमा त्यो झन् बढ्दै जानेछ र यो मुख्य तीन दलका तीन नेताहरूको चर्तिकला आगामी दिनमा झन् बढि नाङ्गिदैछ । त्यस अर्थमा यो बृहत् नयाँ वैकल्पिक शक्तिहरूको ध्रुवीकरणको प्रक्रिया पनि आगामी दिनमा अगाडि बढेर जान्छ ।’

अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी
बिहीबार, जेठ २९, २०८२
उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ । करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागी हुनुहुन्छ । विभिन्न ४० ठाउँमा मतदान हुँदैछ । विद्युतीय माध्यमबाट मतदान हुँदैछ । अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ ।’

पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो - संजय कुमार गौतम (भिडियोसहित)
बिहीबार, जेठ २९, २०८२
हो । १५औं महाधिवेशनमा सभापतिको उमेदवार शेखर दाइ नै हो । १४औं महाधिवेशन देखि १५औं महाधिवेशनसम्मको हाम्रो लिडर शेखर दाइ नै हो । हामीले हाम्रो विचार समूहलाई ‘इन्ट्याक्ट’ गर्न खोज्छौं ।

एमालेमा पार्टी अध्यक्षको विकल्प खोज्न केपी शर्मा ओलीले मात्र सक्छन् : पूर्ण बस्नेत
बिहीबार, जेठ २९, २०८२
पूर्व राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने भनी गरिएको प्रचारबाजी हास्यास्पद भएको तर्क गरेका छन् । बस्नेतले भनेका छन्,‘नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो लोकप्रियताको ग्राफ चेक गरेका छन् । पछिल्लो समय पार्टीभित्र र सिङ्गो मुलुकमै आफ्नो नेगेटिभ क्रेजप्रति उनी राम्रोसँग जानकार छन् ।

आज दुई वटा संसदीय समितिको बैठक बस्दै
बिहीबार, जेठ २९, २०८२
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा आज मतदान, प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा
बिहीबार, जेठ २९, २०८२
मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । आयोजक कार्यालय सदस्य मदन विष्टले ४५ वटा भोटिङ मेसिनमार्फत मतदान हुने र मतदान सकिएको केही समयमै मत परिणाम आउने बताए।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, जेठ २९, २०८२
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ ।

प्रतिनिधि सभा बैठक २९ गते बस्नेगरि स्थगित
बुधबार, जेठ २८, २०८२
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक जेठ २९ गतेको लागि स्थगित भएको छ ।

यस्ता छन्,मन्त्रिपरिषद् बैठकका ११ वटा निर्णयहरू (भिडियोसहित)
बुधबार, जेठ २८, २०८२
सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

घरघरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ :मन्त्री यादव
बुधबार, जेठ २८, २०८२
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पारे ।

मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत
बुधबार, जेठ २८, २०८२
भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रूपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठुलो दुर्घटनामा लैजान सक्ने उनको भनाइ छ ।
साताको लोकप्रिय