लोकतान्त्रिक अपांग संघको अध्यक्षमा तीन आकांक्षी, नेता र पत्रकारमध्ये कसले मार्ला बाजी ?
बुधबार, चैत ६, २०८१
७७ जिल्लाका लगभग एक हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा अध्यक्ष पदका लागि माधवप्रसाद चम्लागाई, प्रकाश पन्त र विकास थापा आकांक्षी देखिएका छन्। हाल अध्यक्ष रहेका पन्त आरक्षणतर्फबाट राष्ट्रिय सभा सदस्य भइसकेका छन्। उनले फेरिपनि संघको नेतृत्वमा आउने इच्छा गरेका छन्।
राष्ट्रिय सरकार गठनको चर्चा गर्नुको तुक छैन- सञ्चारमन्त्री गुरुङ (भिडियोसहित)
बुधबार, चैत ६, २०८१
उनले सरकार गठनका समयमा कांग्रेस र एमालेबीच भएको सहमतिमध्ये संविधान संशोधनमात्र हुन बाँकी रहेको र बाँकी सबै सहमति कार्यान्वयन भइरहेको उल्लेख गरे ।
अहिलेको संविधान निकै राम्रो - सभापति देउवा (भिडियोसहित)
बुधबार, चैत ६, २०८१
त्यस्तै सभापति देउवाले संविधानमा महिलालाई दिएको अधिकारका कारण राज्यका विभिन्न निकायमा महिलाको प्रत्यक्ष सहभागीता हुने मौका मिलेको बताए ।
सगरमाथा संवाद कार्यक्रममा सि जिनपिङ र मोदीलाई निम्तो
बुधबार, चैत ६, २०८१
संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।
सर्लाही बहुमुखी क्याम्पसमा शेखर निकटका बागी उम्मेदवार सुजितको ऐतिहासिक जित
बुधबार, चैत ६, २०८१
सर्लाही बहुमुखी क्याम्पसमा भएको यो प्रतिस्पर्धालाई नेविसंघभित्रको गुटगत संघर्षको प्रतिनिधित्वका रूपमा पनि हेरिएको छ। अध्यक्ष दुजांग शेर्पा र शेखर कोइराला समूहकी नेतृ प्रेमिका रानामगरबीचको शक्ति सन्तुलनलाई परीक्षण गर्ने स्थल बनेको यो निर्वाचनले नेविसंघभित्रको आन्तरिक विवादलाई उजागर गरिदिएको छ।
नेपाल कमर्स क्याम्पस: स्ववियुमा अनेरास्ववियुका विशाल विजयी, सचिव र कोषाध्यक्षमा नेविसंघले जिते
बुधबार, चैत ६, २०८१
यस्तै, सचिवमा नेविसंघका ज्ञानु दाहाल विजयी भएक छन् । उनले ९९४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी मिलन ओझाले ९२९ मत पाएका छन् । यस्तै, कोषाध्यक्षमा नेविसंघका शुसील खड्का विजयी भएका छन् । उनले १००७ मत पाएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका सौगात पुरीले ९९३ मत पाएका छन् ।
प्रतिनिधिसभाको बैठकबाट नागरिकता विधेयक पारित गरिदैं
बुधबार, चैत ६, २०८१
साथै, सो विधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
राजाले बनाएको नवराज सुवेदीको समितिमा राप्रपा नबस्ने (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
उनले राजसंस्था पुस्र्थापनका लागि भन्दै नवराज सुवेदी वा अन्य कसैले बनाएको समितिमा आफू नबस्ने स्पष्ट पारे । जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपालाई सहयोग नै पुग्ने उनले बताए ।
अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्ण रुपमा कांग्रेस क्रियाशील हुने (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नरहेको जिकिर गरे । अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उनले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए ।
परराष्ट्रमन्त्रीको युक्रेनका विदेशमन्त्रीसँग माग: युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गरिदिनूस्
मंगलबार, चैत ५, २०८१
नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने कुनै नीति नेपालको नरहे पनि मानव तस्करहरूमार्फत नेपालीहरूलाई लगेर रुसी सेनामा भर्ना गरिएको कुरा पछि थाहा भएको स्पष्ट गर्दै मन्त्री डा. राणाले रुसी सेनामा कार्यरत रहेका ती सात नेपाली युद्धबन्दीका रूपमा युक्रेनी सेनाको कब्जामा रहेकाले उनीहरूको रिहाइको माग गरेकी हुन्।
सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गाको समस्या समाधानका लागि नीतिगत सुधार गर्न सरकारलाई निर्देशन (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
उनले समस्या समाधानका लागि सरकारले गरेका पहललाई ध्यान दिन आग्रह गरे । मन्त्री अधिकारीले ऐन बनाएर नै बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्ने जिकिर गरे ।
ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आयो - प्रचण्ड (भिडियोसहित)
मंगलबार, चैत ५, २०८१
ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मूर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे ।
कसैलाई संघीयता मन नपरेपनि केही गर्न सकिन्न - सभापति देउवा (भिडियोसहित)
सोमबार, चैत ४, २०८१
कसैलाई संघीयता मन नपरेपनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे ।
साताको लोकप्रिय

