जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन
आइतबार, वैशाख ७, २०८२
उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ । त्यसैलेसरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ।’
पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा
आइतबार, वैशाख ७, २०८२
सिंहदबारमै प्रदर्शन गर्न थालेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ
आइतबार, वैशाख ७, २०८२
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न जान लागेको बेला उनीहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पक्राउ परेका हुन् ।
लिङ्देनले भने : आजको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सीमित नेताहरू मात्रै सहभागी हुन्छन्
आइतबार, वैशाख ७, २०८२
राप्रपाले आज काठमाडौंका विभिन्न तीन ठाउँबाट र्याली निकाली मध्याह्न १२ बजे बिजुलीबजारमा जम्मा भएर प्रदर्शन गर्ने जनाएको छ ।
राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृह भन्छ: कानुनअनुसार कारबाही हुन्छ
आइतबार, वैशाख ७, २०८२
गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको थियो । राप्रपाले उनीहरूको रिहाइको मागसहित काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
शीर्ष तीन नेताहरूबीचको भेटमा के सहमति भयो ?
शनिबार, वैशाख ६, २०८२
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ ।
समाजवादी महिला सङ्घको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने
शनिबार, वैशाख ६, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला सङ्घ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ ।
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
शनिबार, वैशाख ६, २०८२
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
शनिबार, वैशाख ६, २०८२
साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत आग्रह गरे ।
जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख (भिडीयोसहित)
शनिबार, वैशाख ६, २०८२
सभामुख देवराज घिमिरेले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् ।
फेसबुक- ट्विटर नेपालमा दर्ता हुनुपर्छ, कानुन पालना गर्नुपर्छ : संचारमन्त्री (भिडियोसहित)
शुक्रबार, वैशाख ५, २०८२
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रसँग जोडिएका सबै संस्थाहरु पूरानो पञ्चायत नीति एवम कानुन अनुसार चलिरहेको बताएका छन् ।
सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा (भिडियोसहित)
शुक्रबार, वैशाख ५, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् ।
साताको लोकप्रिय

