पक्राउ परेका राप्रपाका नेताहरू प्रहरी परिसरमा

काठमाडौं - सिंहदरबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं लगिएको छ ।
सिंहदबारमै प्रदर्शन गर्न थालेपछि प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसएसपी विश्वराज अधिकारीले जानकारी दिएका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय