Harsamaya
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित)
रजक र महर्जनका परिवारलाई १०-१० लाख राहत दिने सरकारको निर्णय (भिडीयोसहित) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित)
सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का (भिडियोसहित) यस्तै, उनले काङ्ग्रेस र एमालेको बीचमा भएको समझदारीको काममा ढिला भएको भन्दै अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताए । उनले भने, ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा काङ्ग्रेस र एमालेको बीचमा एउटा समझदारी भएको छ । तर त्यो काममा ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको...
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित)
प्रधानमन्त्रीले शिक्षकका माग पूरा गर्नुको सट्टा होच्याउने र अपमानित गर्ने काम गरिरहेका छन् : माओवादी (भिडियोसहित) उनले भने,‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नुभन्दा उनीहरूलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदैछ । शिक्षा विधेयक फास्ट ट्र्याकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौं ।’
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने 
वैशाख अन्तिमसम्म शिक्षा विधेयक पारित गरिने  बैठकमा शिक्षा विधेयकलाई पारित गर्न प्राथमिकता दिने कुरामा पनि ऐक्यवद्धता भएको छ । संसदमा आउने बित्तिकै दर्ता भएपछि एक दिनपनि पर नधकेलिकन कार्यसूचीका अन्य कामलाई होल्ड गरेर पनि शिक्षा विधेयकलाई पारित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भीर चासो
शिक्षामन्त्रीको राजीनामा र शिक्षक आन्दोलनप्रति शेखर कोइरालाको गम्भीर चासो त्यसक्रममा घिमिरेले शिक्षामन्त्री शिक्षकहरूका मागप्रति सकारात्मक भएको भन्दै प्रधानमन्त्री ओलीकै बद्नियतका कारण शिक्षामन्त्रीको राजीनामा आएको हुनसक्ने कोइरालासँग भनेका थिए । त्यस्तै घिमिरेले तत्काल ऐन जारी गर्ने वातावरण मिलाउनका लागि कोइरालाको साथ पनि मागेका थिए । 
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र
६ बुँदे माग सहित राप्रपा धनुषाले बुझायो ज्ञापन पत्र धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको ज्ञापनपत्रमा प्रदर्शनका क्रममा शान्तिपूर्ण जमघटमा रहेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ ।
अहिलेको सरकार भ्रष्टाचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड
अहिलेको सरकार भ्रष्टाचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए  । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।
एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरूकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।
ढाहरूबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा
ढाहरूबाट चल्दैन भन्ने भाष्य गलत छ : विश्वकर्मा मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित ‘राष्ट्र निर्माणमा युवाको योगदान,तथ्यमा आधारित प्रचार अभियान’ कार्यक्रममा बोल्दै उनले भर्खर बनाएका पार्टी चाहिँ जति वर्षकाले बनाए पनि स्वतः युवाको पार्टी हुने अनि पुराना पार्टी जसले पटक–पटक क्रान्ति, संघर्ष र आन्दोलन गरेर नागरिकहरूलाई स्वतन्त्र गर्नासाथै समृद्ध बनाउने प्रतिस्पर्धामा छन् ,त्यो चाहिँ स्वतः बुढाको पार्टी हुन्छ...
देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ : भुसाल
देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छ : भुसाल साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
पुष्पलालको जन्म जिल्लमा मनाइयो कम्युनिष्ट पार्टीको स्थापना दिवस (भिडियाे सहित)
पुष्पलालको जन्म जिल्लमा मनाइयो कम्युनिष्ट पार्टीको स्थापना दिवस (भिडियाे सहित) पार्टीको नीति र विचार ठिक छ भनिरहेको बेला समस्या आउनुको पछाडि कार्यशैली ठिक नभएको हुन सक्ने बताउँदै उनले अब कार्यशैलीलाई परिवर्तन गरी अघि बढ्नु पर्नेमा जोड दिए । 
संघीय संसदका तीनवटा समितिको बैठक बस्दै
संघीय संसदका तीनवटा समितिको बैठक बस्दै जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २:३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल हुनेछ ।
Weather Update