उर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त, शिक्षा मन्त्री बने रघुजी पन्त

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक कुलमान घिसिङको पक्षमा लागेर विभागीय मन्त्री दिपक खड्कालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।
उता, शिक्षा तथा प्रविधि मन्त्री विद्या भट्टराईको स्थानमा रघुजी पन्त शिक्षा मन्त्री हुने भएका छन् । उनको भोलि राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ १९:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय