संसद्को दुवै सदनको बैठक बस्दै
सोमबार, असार ९, २०८२
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जबाफ र स्पष्टीकरण विभागीय मन्त्रीले दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सांसद अमरेशको आक्रोश - आफ्नै नागरिक पशु जस्तै बेच्ने सरकारका प्रतिनिधिले राष्ट्रवाद सिकाउने?
आइतबार, असार ८, २०८२
बजेटमा सीमित जिल्लामात्र प्राथमिकतामा परेको भन्दै सिंहले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले बजेट वितरणमा असमानता देखाउँदै प्रश्न गरेका छन्, ‘के ४–५ जना नेताका जिल्ला मात्र देश हो?’
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
आइतबार, असार ८, २०८२
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।
०४६ साल पछाडि सार्वजनिक पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गरौं : गगन थापा [भिडियो]
आइतबार, असार ८, २०८२
नयाँ जेनेरेशजले प्रमाण र यथार्थता खोज्ने हुनाले नयाँ जेनेरेशनसँग कुरा गर्नको लागि उनीहरूको कुरा पहिला सुनेर अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायतले आफ्नो धारणा राखेका थिए ।
आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी [भिडियो]
आइतबार, असार ८, २०८२
उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइँदा इज्जत गुम्दै गएको बताए । केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।
तीनकुने घटना राज्य आतंकका कारण भएको हो : सांसद जबरा
आइतबार, असार ८, २०८२
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
अमरेशको अभिव्यक्तिप्रति बर्तौलाको आपत्ति-‘राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सकिन्न’
आइतबार, असार ८, २०८२
नेकपा एमालेका सांसद महेश बर्तौलाले सांसद अमरेश सिंहले सदनमा राखेको अभिव्यक्ति राष्ट्रघाती र देशद्रोही अभिव्यक्ति भएको बताएका छन् ।
सदनमा रास्वपा सांसदहरुको नाराबाजी
आइतबार, असार ८, २०८२
प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।
अमरेश कुमारको अभिव्यक्तिपछि सदनमा नाराबाजी
आइतबार, असार ८, २०८२
स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने
आइतबार, असार ८, २०८२
आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरूबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई बिर्सन सकिँदैन : मन्त्री सिंह [भिडियो]
शनिबार, असार ७, २०८२
यस्तै, उनले मंगलादेवीले महिलाहरूलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरूको अधिकार छोरा सरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए ।
सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान
शनिबार, असार ७, २०८२
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
नेपालको संविधान ‘ऊँट’ जस्तै भयो, धेरै त्रुटिहरु छन् : अध्यक्ष लिङ्देन
शनिबार, असार ७, २०८२
उनले भने, ‘अहिलेको संविधान ऊँट जस्तो भयो । त्रुटिहरूको बण्डल छन् । सबै नराम्रो छ भन्न सकिँदैन तर त्रुटिको मात्रा बढी भयो । जसले गर्दा यो संविधानले काम नै गर्न सकेको छैन । पूर्ण रूपमा यो व्यवस्था परिवर्तन नगरीकन अवस्था परिवर्तन हुन सक्दैन । अहिलेको व्यवस्थालाई ठीक भन्नेहरू मान्छे पो...
साताको लोकप्रिय

