Harsamaya
सभापतिमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान 
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ । 

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।

सदन, सडक र घर दैलोसम्म अभियान पुर्याउने रास्वपाको लक्ष्य छ । 
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update