राष्ट्रपतिद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त
बुधबार, माघ २, २०८१
यसैगरी, राष्ट्रपतिले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर ओलीलाई गणतन्त्र भियतनाम र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश
बुधबार, माघ २, २०८१
तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत जनाएको छ ।
ओली सरकारले ल्याएको अध्यादेशमा के के छ ?
बुधबार, माघ २, २०८१
बिना दर्ता संचालन गरिएका उद्योग बन्द गर्ने प्रावधान हटाई जरिवाना लिई उद्योग दर्ता गराएर संचालनमा ल्याउन सकिने व्यवस्था गरिएको छ । कोष व्यवस्थापन -फन्ड म्यानेजमेन्ट_ र सम्पत्ति व्यवस्थापन (आसेट म्यानेजमेन्ट) लाई पनि सेवा उद्योगको वर्गमा थप गरिएको छ ।
बेलायतमा डा. शेखरलेले र ईयान मार्टिनबीच भेटवार्ता
बुधबार, माघ २, २०८१
कोइरालासँगको भेटमा उनले यस्ता कुरालाई लामो समयसम्म राख्न नहुने बताए । तत्कालीन समयमा विद्रोहमा रहेको दल समेत निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको र अहिले नेपालमा कुनै पनि हिंसा नरहेकोले संक्रमणकालीन न्यायलाई टुङ्गयाउनु पर्ने उनको जोड थियो ।
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
बुधबार, माघ २, २०८१
माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेश भर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ - अध्यक्ष नेपाल
मंगलबार, माघ १, २०८१
कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उनले बताए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उनको भनाइ छ ।...
विपिन जोशीको रिहाइको प्रयासमा परराष्ट्रमन्त्री राणा
मंगलबार, माघ १, २०८१
उनले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी थिइन् ।
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना
मंगलबार, माघ १, २०८१
राजकुलो विस्तारका लागि महानगरले २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिनुभयो । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।
राष्ट्रपतिद्वारा चार अध्यादेश जारी
मंगलबार, माघ १, २०८१
अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ आज जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
साताको लोकप्रिय

