Harsamaya

काठमाडौं - पूर्व उपप्रधानमन्त्री एवम कांग्रेसका नेता बिमलेन्द्र निधिले सुनचाँदी व्यवसायीहरुले राख्दै आएको माग जायज रहेको बताएका छन् । 

मंगलबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरु समक्ष आफ्नो धारणा राख्दै नेता निधिले आन्दोलित सुनचाँदी व्यवसायीहरुको माग जायज रहेको बताए ।

उनले सुनचाँदी विलासिताको साम्रगी नभएको धारणा राखे । नेता निधिले अर्थतन्त्रसंग सिधा जोडिएको वस्तुलाई विलासिता वस्तु भन्नु नमिल्ने बताए । 

उनले रुपैयाँ लिन बैंकमा डिपोजिट गर्न मिल्ने सुनलाई विलासिता वस्त भन्न नसकिने बताउँदै सम्पक्ति र विलासिताको वस्तु दुबै अलग अलग कुरा रहेको स्पष्ट पारे ।  नेता निधिले सुनचाँदीमा विलासिता कर र मुल्य अभिवृद्धि कर दुबै नलाग्नु पर्ने बताए ।

सरकारले कार्यदल गठन गरेर सुनचाँदी व्यवसायीहरुके समस्या समाधान गर्नुपर्ने नेता निधिले बताए । बजेटमा समावेश भएपनि अहिलेको लागि विलासिता कर लागु नगर्न उनले सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update