कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित)
बुधबार, असार १८, २०८२
नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् ।
कोशी प्रदेश मन्त्रिपरिषद् : यस्ता छन् तीन निर्णय (भिडियोसहित)
बुधबार, असार १८, २०८२
कोशी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय गरेको छ ।
कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्छ : उदय शमशेर राणा (भिडियोसहित)
बुधबार, असार १८, २०८२
नेपाली काङ्ग्रेसका नेता उदय शमशेर राणाले कुलिङ पिरियडको विषयमा संसदीय तहको छानबिन समिति बन्नुपर्ने बताएका छन् ।
देशलाई अब १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिन्छ : पूर्व अर्थमन्त्री आचार्य
बुधबार, असार १८, २०८२
कांग्रेसका दिवंगत नेता तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै आचार्यले मुलुकको आर्थिक पुनरुत्थानका लागि सरकारलाई संवेदनशील र जिम्मेवार बनाउनुपर्नेमा जोड दिए ।
‘कुलिङ पिरियड’ सम्बन्धी विधेयक सहमतिभन्दा फरक तरिकाले पारित भएको भन्दै नेकपा माओवादीको आपत्ति [भिडियो]
बुधबार, असार १८, २०८२
उनले भने, ‘प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी जे सहमति भएको थियो, सदनमा प्रस्तुत र पारित हुँदा भने फरक पारिएको छ । सहमतिभन्दा फरक गरेर विधेयक सदनमा कसरी पुर्याइयो ? परस्पर विरोधि प्रावधान कसले थप्यो ? यस्ता अनेकन गम्भीर प्रश्नहरू उठेका छन् ।...
मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन
बुधबार, असार १८, २०८२
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् ।
बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको छ : अर्थमन्त्री पौडेल
बुधबार, असार १८, २०८२
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।
आन्दोलन गरेर मात्रै नेपालको प्रणालीमा परिवर्तन ल्याउन सकिन्छ : राजेन्द्र लिङ्देन
बुधबार, असार १८, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् ।
विधेयक सच्याउन राष्ट्रिय सभालाई अनुरोध गर्ने राज्य व्यवस्था समितिको निर्णय
बुधबार, असार १८, २०८२
राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ४ थप्दा ५ हटाउनुपर्नेमा कायमै रहेकाले त्यसलाई हटाउन राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे (भिडियोसहित)
बुधबार, असार १८, २०८२
उनले भने, ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्त्वपूर्ण छ । यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन् यहीँ पनि काम पाउँछन् ।
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता
बुधबार, असार १८, २०८२
नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीभने प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
निजामती सेवासम्बन्धी विधेयकको कुलिङको विषयमा त्रुटी होइन षड्यन्त्र भयो : हितराज पाण्डे
बुधबार, असार १८, २०८२
उनले धेरै पटक माग्दा पनि सभापतिले अन्तिममा विधेयक पढ्न नदिएको भन्दै विश्वासको घात भएको बताए । उनले भने, ‘सभापतिज्यूलाई पनि आदर पूर्वक भन्न चाहन्छु तपाईँले यो विधेयक हामीलाई अन्तिममा पढ्न दिनु भएन, मैले त धेरै पटक मागेको थिए । हेरौँ राम्रो तरिकाले भनेर, तर हामीले त्यहाँ पेस भएपछि मात्र हेर्न...
प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल
बुधबार, असार १८, २०८२
प्रदेशको प्रमुख मात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबिचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको उनको भनाई थियो । ‘त्यसो भएको हुनाले राष्ट्रपति र प्रदेश प्रमुखहरूबिच निरन्तर सम्पर्क, संवाद र समन्वय हुन जरुरी छ,’ राष्ट्रपति पौडेलले भने ।
साताको लोकप्रिय

