Harsamaya
पूर्वराष्ट्रपति भण्डारीको पत्र गृह मन्त्रालयमा, आजैबाट सरकारी सेवा सुविधा फिर्ता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट पूर्वराष्ट्रप्रमुखको हैसीयतमा राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र आज गृहमन्त्रालयमा र दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरे लगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् ।  पूर्व राष्ट्र प्रमुखको हैसियतमा दिइने सुरक्षा प्रोटोकल भने उनले चाहेर पनि त्याग्न नमिल्ने र सेना तथा प्रहरीभने प्रदान गर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए । तर, आजकै मितिबाट उनले सो सुविधा पाउने छैनन् । 

त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update