सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री ओली
सोमबार, असार ३०, २०८२
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन
सोमबार, असार ३०, २०८२
विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भइरहेको भन्दै तत्काल ऐन जारी गर्न माग नेविसघंको माग रहेको छ । सोमबार बिहानदेखि उपत्यका भित्रका क्याम्पसहरू अगाडि भएको प्रदर्शनले यातायात प्रभावित भएको छ ।
मनसुनका बेला विपद् व्यवस्थापनमा सक्रिय रहन रास्वपाको आव्हान
सोमबार, असार ३०, २०८२
पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा विपद्को जोखिम न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, राहत वितरण तथा मानवीय सहयोगका कार्यमा संलग्न हुन पार्टीका सबै तहका समिति, विभाग, सदस्य र शुभेच्छुकहरूलाई अपिल गरिएको छ ।
मुलुकमा भएका भ्रष्टाचार काण्डको नेतृत्व सरकारले गरेको छ : पूर्ण बस्नेत
सोमबार, असार ३०, २०८२
सरकारसँग जस्तोसुकै भ्रष्टाचार वा घोटाला प्रकरणमा पनि केही थाहा नपाएजस्तो गरेरै टार्न सक्ने खुबी भएको भन्दै एक दुई दिनमा नयाँ नयाँ प्रकरण/काण्ड आउने र पुराना प्रकरण बिर्सिएर जान्छन् भनेर पनि सरकारले धेरैजसो भ्रष्टाचार वा काण्डका प्रकरणलाई अटेरी गरेर, अस्विकार गरेर, नसुने जस्तो, थाहा नपाएजस्तो गरेर टार्ने गरेको उनको भनाइ छ...
दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
सोमबार, असार ३०, २०८२
उनले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । दाहालले रसुवा बाढी पहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार, असार ३०, २०८२
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
अध्यक्ष ओली भने - हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने रास्वपाजस्तो हुँदै होइन
आइतबार, असार २९, २०८२
केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरुको खेल भएको टिप्पणी गर्दै उनले पार्टीभित्र र बाहिरबाट भइहेको षड्यन्त्र चिर्दै ढुक्कका साथ पार्टीको सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गरेको छ : गृहमन्त्री
आइतबार, असार २९, २०८२
गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत गृहमन्त्री लेखकले बताएका छन् ।
मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती
आइतबार, असार २९, २०८२
प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।
‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारबाहीको माग [भिडियोसहित]
आइतबार, असार २९, २०८२
‘उहाँकै मिलोमतोमा कार्यालय खारेज गरिएको छ । यहाँ कसको विश्वास गर्ने ?मन्त्रीहरूले पटक–पटक झूट बोल्न थाले जनताका अगाडि । के यस्ता मन्त्रीलाई कारबाही गर्ने कि नगर्ने ?’
अन्यायविरुद्ध आयोग गएका हौं, पार्टी फुटाउन होइन : नवराज सुवेदी [भिडियो]
आइतबार, असार २९, २०८२
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार आयोगमा उजुरी दिन पुगेको हो । पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता आयोग पुगेका हुन् ।
सुमनाको प्रश्न : मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् ?’ [भिडियो]
आइतबार, असार २९, २०८२
यसको छानबिनको हामी माग गर्छौं । सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो ? अडिओमा भनिएको ‘बा’ भनेको के हुन् ?।’
दमकमा सडक उद्घाटनपछि ओलीले भने ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’
आइतबार, असार २९, २०८२
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व म्यान्जोहरू शेरधन राई, उद्वव थापालगायत सहभागी भएका थिए ।
साताको लोकप्रिय

