Harsamaya
‘पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर कांग्रेस पार्टी कार्यालय पुनःनिर्माण गर्छौं’
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायत नेता कार्यकर्ताहरू ।

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । 

‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उनले पार्टीको कार्यालय पुनःनिर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गरे । 

उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राख्नुभयो । ‘देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा १०  रुपैयाँ संकलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन् । यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ । सबैको अपनत्व पनि हुन्छ’, उनले भने । 
 
उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताए । आफूले पटकपटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उनले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गरे । 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update