प्रतिनिधिसभाको बैठक बस्दै
मंगलबार, असोज ६, २०८३
सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ ।
एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने
मंगलबार, असोज ६, २०८३
यसैगरी सल्लाहकार परिषद्,ज्येष्ठ कम्यूनिष्ट मञ्च,अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ ।
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन (भिडियोसहित)
मंगलबार, असोज ६, २०८३
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गरे । बैठकले उक्त प्रस्तावलाई सहमति जनाएको छ ।
सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण तथा उन्मूलन गर्दै पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरणीय स्वास्थ्य संरक्षण गर्ने उद्देश्यसहितको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट पारित भएको हो ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने
सोमबार, असोज ५, २०८३
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्य गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरियाको सहभागिता रहेको थियो ।
‘दलाल पुँजीवादलाई ठेगान लगाउन सक्छौँ’ : दीर्घराज पाण्डे
सोमबार, असोज ५, २०८३
पाण्डेले बास्तोलाले पार्टीको सैद्धान्तिक आधार संरचना तथा वर्ग संघर्षको विषयमा फरक धारणा लिएको आरोप लगाए। उनले बास्तोलाको राजनीतिक लाइनले राष्ट्रपति निर्वाचन, संविधानसभा, जनमतसंग्रह र संयुक्त सरकारजस्ता विषयलाई प्राथमिकता दिएको भन्दै त्यसप्रति असहमति जनाए ।
रविकिरण हमालको प्रश्नः आफ्नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन् ? (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् ।
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ : मन्त्री साह (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायग्राम’ प्रयोगमा ल्याएको बताए ।
घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग (भिडियोसाहित)
सोमबार, असोज ५, २०८३
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्घकालीन व्यवस्थापनलगायत माग राखेर झापामा ६ दिनदेखि आमरण अनशनमा बसेको बताए ।
सरकारले आफैं बनाएको राजदूत नियुक्तिको मापदण्ड आफैं मिच्यो : ज्ञानेन्द्र शाही (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि तय गरेको मापदण्डविपरीत सरकारले विभिन्न व्यक्तिलाई राजदूतमा सिफारिस गरेको दाबी गरे ।
सरकराले बेलिब्रिजबारे एआई नक्सा बनाएर हल्ला फैलायो : ओली
सोमबार, असोज ५, २०८३
सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए।
संसदमा आशिकाको प्रश्न : देश हाँक्ने चाँही नयाँ नेता र मन्त्री, तर गाडी चल्ने इन्जिन चाहिँ उही थोत्रा किन ? (भिडियोसहित)
सोमबार, असोज ५, २०८३
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँले नागरिक निसास्सिनुपर्ने अवस्था रहेको बताइन्।
सिन्धुपाल्चोक कांग्रेसका १०३ वडामा अधिवेशन सम्पन्न, १०२ वडामा सर्वसम्मत नेतृत्व
सोमबार, असोज ५, २०८३
अधिवेशनबाट इन्द्रावती गाउँपालिका–१२ मा २५ वर्षीय जेन्जी युवा तथा इन्जिनियर अजय दनुवार वडा सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै चौतारा नगरपालिका–२ मा ७४ वर्षीय लालबहादुर थापा र लिसंखुपाखर गाउँपालिका–१ मा ७१ वर्षीय चन्द्र तामाङ वडा सभापतिको नेतृत्वमा चयन भएका छन् ।
साताको लोकप्रिय

