बेनिघाट–लार्के सडकको पहिरो हटाइयो
सोमबार, असोज २०, २०८२
तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए ।
देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?
सोमबार, असोज २०, २०८२
त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।
रिडी–तम्घास सडक खुल्यो
सोमबार, असोज २०, २०८२
सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ ।
रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने
सोमबार, असोज २०, २०८२
खोलामा ठूलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा छैन अवरोध
सोमबार, असोज २०, २०८२
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द
आइतबार, असोज १९, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार चितवनबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनलाई राति ९ बजेपछि सडक प्रयोग नगर्न आग्रह गरिएको बताए ।
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण
आइतबार, असोज १९, २०८२
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
आइतबार, असोज १९, २०८२
सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।
साँगाको पहिरो पन्छाएपछि खुल्यो अरनिको राजमार्ग
आइतबार, असोज १९, २०८२
यस्तै, पृथ्वी राजमार्ग अन्र्तगत मलेखु–मुग्लिन सडकखण्ड पनि अहिले बिहान साढे ११ बजेदेखि सञ्चालनमा आएको विभागले जनाएको छ ।
कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?
आइतबार, असोज १९, २०८२
कुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।
धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा
आइतबार, असोज १९, २०८२
केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
पहिरो खसेपछि कुलेखानी–फाखेल सडकखण्ड अवरुद्ध
शनिबार, असोज १८, २०८२
यता, मकवानपुर प्रशासनले यात्रुको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप कडाइका साथ निर्णय गरेको छ । प्रशासनले आजदेखि तीन दिनसम्म (शनिबार, आइतबार र सोमबार) मकवानपुरका राजमार्ग हुँदै काठमाडौं जाने अत्यावश्यक बाहेकका सवारी संचालनमा रोक लगाएको छ ।
मेची राजमार्गमा सवारी आवागमन बन्द
शनिबार, असोज १८, २०८२
साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।
साताको लोकप्रिय

