Harsamaya
कुन कुन राजमार्ग बन्छ छन् ?
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध तथा एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन् ।

बाढीका कारण सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्डहरू बन्द रहने जनाइएको छ ।  

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–०२ बैसरीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

कालीगण्डकी कोरिडोर अन्तर्गत बौदीकाली गाउँपालिका–०३ जन्ती पहिरोमा पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु रहेको छ । उक्त सडक खण्डमा हाल ठूला सवारी साधन आवतजावत गर्न नसक्ने अवस्था रहेको छ ।  

बेँसीसहर हुँदै खाङ्सारसम्म जाने सडक बाढीका कारण अवरुद्ध भएकोमा हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।  

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update