खबरामा केराखेती फस्टाए पनि बजारको अभावले किसान निराश
शुक्रबार, पुस १९, २०८१
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । 'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।'
खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए ।
चिसो मौसममा पनि सगरमाथाको मोह: एक सातामा २ सय २८ विदेशी पर्यटक सोलुखुम्बुमा
शुक्रबार, पुस १९, २०८१
पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
शुक्रबार, पुस १९, २०८१
प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।
प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह...
आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री
बिहीबार, पुस १८, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधन गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुसन्धानमा सरकारले...
उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन ल्याउँछौँ - मन्त्री पाण्डे
बिहीबार, पुस १८, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउन आवश्यक ऐन संसदको अगामी अधिवेशनमा प्रस्तुत गर्ने बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले नागरिक उड्ययन क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सेवा प्रदायक र नियमन निकायलाई फरक फरक...
बाख्रापालेर वार्षिक पाँच लाख बढी आम्दानी
बिहीबार, पुस १८, २०८१
घोराही उपमहानगरपालिका–६ बचाहाका बालकृष्ण खनालले व्यावसायिक बाख्रापालनबाट वार्षिक पाँच लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले प्रकृति बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएका हुन् ।
घरमा आमाले घरखर्चका लागि पालेका पाँच वटा बाख्रालाई बढाउँदै अहिले ७० पुर्याएको खनालले बताए । उनका अनुसार अहिले खोरमा ५०...
‘स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ’
बिहीबार, पुस १८, २०८१
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनको चरणमा रहेकाले स्थानीय तहका कर्मचारीको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री सिंहद्वारा आज जारी विज्ञप्तिमा स्थानीय तहमा कार्यरत कर्मचारीका समस्याबारे आफू अवगत रहेको बताउँदै कर्मचारीका समस्या समाधानका लागि आवश्यक प्रयास भइरहेकाले कुनै...
यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा
बिहीबार, पुस १८, २०८१
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गरेको छ ।
आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रीय समितिको बैठकका लागि एजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका...
काँग्रेसले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू गर्ने
बिहीबार, पुस १८, २०८१
नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले स्वर्गीय नेताहरूको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशक समितिले बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपमा पत्रकार सम्मेलन गर्दै बिपी कोइराला, गणेशमान सिंहदेखि दुर्गानन्द झासम्मका ३६ नेताहरूको सम्मानमा फुटबल लगाएत बिभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेको...
नेप्सेमा झिनो अंकले वृद्धि
बिहीबार, पुस १८, २०८१
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ । साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ । १ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुँदा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको...
एमाले सचिवालय बैठकमा ओलीको प्रतिवेदन पारित
बिहीबार, पुस १८, २०८१
अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकबाट पारित भएको हो ।
च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको छ...
पिलीमा ‘युद्ध सङ्ग्रहालय’ निर्माण गरिँदै
बिहीबार, पुस १८, २०८१
जिल्लाको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध सङ्ग्रहालय’ निर्माण गर्न थालिएको छ । भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध सङ्ग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो ।
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
बिहीबार, पुस १८, २०८१
खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौँमा मेलम्चीको पानीको आपूर्ती बन्द नहुने बताएका छन् ।
आज मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौँमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना पानी आपूर्ति गर्ने गरी काम भइरहेको बताएका हुन् । उनले भने, “विगतमा बर्खा सुरु...
साताको लोकप्रिय

