Harsamaya
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले आर्थिक सहयोग गर्ने भएको छ ।
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग सपना विककी आमा सेतु विक छोरीले वडा कार्यालयबाट साइकल पाएपछि मक्ख छिन्  । अर्थाभावले छोरीलाई साइकल किन्न अक्षम सेतुको समस्या वडा कार्यालयले टारिदिएपछि आमाछोरी दङ्गादङ्गीमा छन् ।  कक्षा ९ मा त्रिभुवन माध्यमिक विद्यालय वसन्तामा अध्ययनरत सपनाको रहर पूरा भएको छ । “अरु साथीहरु साइकल चढेर विद्यालय गएको देख्थे, मेरो पनि...
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता...
सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला
सामूहिक खेतीले आत्मनिर्भर बन्दै सिरहाका दलित महिला लहान नगरपालिका–२२ स्थित सिसवोनीका अनितादेवी सदायले एक दशकदेखि तरकारीखेती गरिरहेकी छन् । पछिल्लो दुई वर्षदेखि भने उनी स्थानीय महिला समूहमा आबद्ध भई सामूहिक तरकारीखेतीमा जोडिएकी छन् । खेती गर्न आफ्नो पर्याप्त जमिन नहुने र सामूहिक रूपमा बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले आफू सामूहिक खेतीतर्फ आकर्षित भएको...
महिला जनप्रतिनिधिको नेतृत्वले स्थानीय तहको सशक्तीकरण: प्रधानमन्त्री ओली
महिला जनप्रतिनिधिको नेतृत्वले स्थानीय तहको सशक्तीकरण: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।...
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१,...
मुना मालिकाको पर्यटन प्रवर्द्धनमा नयाँ पहल
मुना मालिकाको पर्यटन प्रवर्द्धनमा नयाँ पहल यहाँको धवलागिरि गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका क्षेत्र भौतिक पूर्वाधार विकास र प्रचारप्रसार नहुँदा ओझेलमा छ ।
जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक
जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ । विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ ।...
१९ वर्षपछि पनि सिक्टा सिँचाइ अधुरै, लागत सात अर्बबाट ५३ अर्ब पुग्यो
१९ वर्षपछि पनि सिक्टा सिँचाइ अधुरै, लागत सात अर्बबाट ५३ अर्ब पुग्यो राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ। आर्थिक वर्ष २०६१/०६२ मा स्थापना भई आव २०६२/०६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो। आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१/०८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ।
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ । नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश...
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय  धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...
मुगुमा भूकम्प
मुगुमा भूकम्प मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Weather Update