Harsamaya
क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश
लेखा समिति सभापतिकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमतीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अञ्जला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो । 
नेपालगञ्जमा मोमो महोत्सव हुँदै
नेपालगञ्जमा मोमो महोत्सव हुँदै नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमो महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो । सिद्धार्थ हस्पिटालिटीको आयोजामा यही पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिए ।...
संघीयता कार्यान्वयनका लागि कोशी सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव
संघीयता कार्यान्वयनका लागि कोशी सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव संघीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।  बुधबार विराटनगरमा प्रतिवेदन हस्तान्तरण गर्दै कार्यदलले संघीयता कार्यान्वयनका लागि तत्काल कोशी प्रदेश सरकारले बनाएका २४ वटा कानुनहरू संशोधन गर्नुपर्ने सुझाव दिएको छ । 
जलमा आश्रित चराको गणना चितवनमा शुरू
जलमा आश्रित चराको गणना चितवनमा शुरू जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ । प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो । यो समयमा बाहिरबाट जलपंक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । 
सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर
सहकारी हिनामिनाः लेखा समितिका सभापतिकी पत्नी अदालतमा हाजिर सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् । सहकारीको रकम हिनामिनाको आरोप लागेकी कोइराला आज अदालतमा उपस्थित भएकी हुन् । 
परोहा नगरपालिकाले निःशुल्क बाँड्यो सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो 
परोहा नगरपालिकाले निःशुल्क बाँड्यो सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो  भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट वितरण गरिएको छ।
विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई  ऊर्जामन्त्री खड्काको आग्रह
विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई  ऊर्जामन्त्री खड्काको आग्रह ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उत्पादित ऊर्जाको बजार सुनिश्चित भएकाले विद्युत् क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।  विद्युत् नियमन आयोगबाट हुने कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोगद्वारा निर्माण गरिएको ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम’ को आज शुभारम्भ गर्दै मन्त्री खड्काले उत्पादित विद्युत् बजारीकरणको समस्या नरहेकाले ऊर्जा क्षेत्रमा लगानी गर्न...
आर्मीविरूद्ध थ्री स्टारले हान्यो १० गोल
आर्मीविरूद्ध थ्री स्टारले हान्यो १० गोल थ्री स्टार क्लबले सानादार १० गोल हानेर जित हासिल गरेको छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारले सानदार १०-० को जित हासिल गरेको हो ।
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
बालविवाह घटाउन बाँकेका युवा सक्रिय विशेषगरी मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई न्यूनीकरण गर्न नेपालगञ्जका युवा सक्रिय हुन थालेका छन् । जिल्लास्थित समृद्धि फाउण्डेशन नेपालले मुस्लिम समुदायमा रहेको बालविवाहको गलत अभ्यासलाई युवाको सहभागिता र पहलमार्फत न्यूनीकरण गर्न नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा युवाक्लब गठन गर्ने अभियान सञ्चालन गरेको हो ।
प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न
प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न जिल्लाको व्यास नगरपालिका–५ स्थित पाटन टोल विकास संस्थाले प्राथमिक उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। योगदान राष्ट्रका लागि नामक संस्थाद्वारा प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक तालिम सञ्चालन गरिएको हो।
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।  सप्तरी विष्णुपुर गाउँपालिका–७ का  ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 
Weather Update