Harsamaya
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण गरिँदै चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैँडा स्थानान्तरण शुरू गर्ने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने
पर्यटनको विकासबाट समृद्धि हासिल गर्न सहज हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनको विकासबाट नै मुलुकको समृद्धि हासिल गर्न सम्भव हुने बताएका छन्  । बागलुङ बजारमा इला होटल तथा रिसोर्टको उद्घाटन गर्दै उनले पर्यटकीय पूर्वाधार निर्माणमा निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको सराहना गरे ।
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा
टाइगर कप भलिबल : टाइगर ग्रुप पोखरा फाइनलमा आयोजक टोली टाइगर ग्रुप पोखरा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो क्वालिफायरमा टाइगर ग्रुप पोखराले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ सेटले पराजित गरेको हो । 
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन
मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन मगर र गुरुङ भाषालाई गण्डकी प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा सञ्चालनमा गर्नुपर्ने माग भएसँगै मस्यौदा निर्माणका लागि सुझाव सङ्कलन सुरु गरिएको छ ।
ढिस्कोमा पुरिएर विमलाको मृत्यु
ढिस्कोमा पुरिएर विमलाको मृत्यु घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन् । 
करेन्ट लागेर अमिनको मृत्यु
करेन्ट लागेर अमिनको मृत्यु गरुडा नगरपालिका जयनगर स्थित निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
भाषण सक्नासाथ वडाध्यक्ष मियाँको निधन
भाषण सक्नासाथ वडाध्यक्ष मियाँको निधन राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा  चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए । 
ठमेलको ‘सोना बाथ’मा आगलागी
ठमेलको ‘सोना बाथ’मा आगलागी काठमाडौँ महानगरपालिका–२६ ठमेलका भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते
दुम्कीवास बस र इभि ठोक्किदा एकको मृत्यु, नौ घाइते काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झापामा भेटिए ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी 
झापामा भेटिए ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी  जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।  कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ...
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह
विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह गैसस महासंघको केन्द्रीय सदस्य लक्ष्मी सिंह नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।
कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए
कांग्रेसका नगरसभापति सडकमा मृत भेटिए भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जाचोक नजिक घोप्टो परेको अवस्थामा सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Weather Update