घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो
सोमबार, माघ १४, २०८१
वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित
सोमबार, माघ १४, २०८१
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै
सोमबार, माघ १४, २०८१
हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ ।
माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
पाँचौं पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि
सोमबार, माघ १४, २०८१
पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ ।
कांग्रेस संसदीय दलको बैठक आज पनि
सोमबार, माघ १४, २०८१
संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने
सोमबार, माघ १४, २०८१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्।
आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे
सोमबार, माघ १४, २०८१
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन्।
पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए।
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु
आइतबार, माघ १३, २०८१
यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्दैँनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् ।
सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो ।
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
आइतबार, माघ १३, २०८१
तिबेला लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसानले नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् ।
घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेका छन् ।
आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित)
आइतबार, माघ १३, २०८१
राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश
आइतबार, माघ १३, २०८१
न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित)
आइतबार, माघ १३, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए/नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित)
आइतबार, माघ १३, २०८१
माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
साताको लोकप्रिय

