जुगललाई हराभरा बनाउन माओवादीको जित आवश्यक - सांसद सापकोटा
मंगलबार, माघ २२, २०८१
नेकपा माओवादी केन्द्र जुगल गाउँपालिकाले आफ्नो तेस्रो सम्मेलन सम्पन्न गरेको छ। सोमबार जुगलको ढाडे बजारमा आमसभा गर्दै सम्मेलन सम्पन्न गरेको जुगल माओवादी ले जनाएको हो।
रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
मंगलबार, माघ २२, २०८१
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएनअष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
काँक्रोको बीउ बेचेर ६ करोड आम्दानी
मंगलबार, माघ २२, २०८१
पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका कृषकले यसवर्ष छ करोड ३० लाख आम्दानी गरेका हुन् ।
अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित
मंगलबार, माघ २२, २०८१
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।
गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।
पाथीभरा केबलकार विवादः हिजोको वार्ता निष्कर्षविहीन, आज फेरि वार्ता हुँदै
मंगलबार, माघ २२, २०८१
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका विषयमा भएको आजको वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ ।
काठमाडौं महानगरले भन्यो - करिब ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
मंगलबार, माघ २२, २०८१
‘सञ्चालनमा रोक लगाउनु अघि सुधार गरेर सञ्चालनको मौका दिइनेछ । यो अवसरलाई प्रयोग गर्न अटेर गर्नेलाई जरिवाना तिराएर सञ्चालनमा रोक लगाइने छ’, प्रमुख राईले भने । उनका अनुसार हालसम्म कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर सञ्चालित सवारीसाधनको परीक्षण भएको छ ।
आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा (विज्ञप्तिसहित)
मंगलबार, माघ २२, २०८१
गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।
तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
मंगलबार, माघ २२, २०८१
‘आगो नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन छन्’, प्रजिअ आचार्यले भने, ‘भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।’ अन्यत्र आगो नफैलियोस् भनेर...
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
सोमबार, माघ २१, २०८१
यस फिडरअन्तर्गतका स्थानमा मङ्गलबार बिहान ७ देखि अपरान्ह १ बजेसम्म तथा सार्वजनिक बिदाको दिनमा बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुन हुनेछ ।
दुधकोशी चुहार–फलाम ढुङ्गा–घोरेटार सडक कालोपत्र सुरु
सोमबार, माघ २१, २०८१
परियोजनाको लागत करसहित कूल रु ७२ करोड ९८ लाख १६ हजार रहेको छ । परियोजना सम्पन्न भएपछि जिल्लाको यातायात सुविधामा सहज हुने अनुमान गरिएको छ । हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, निर्माण व्यवसायीका प्रतिनिधि अर्जुन दाहाल तथा स्थानीय बासिन्दाको उपस्थितिमा किराती नाक्छुङ कर्णबहादुर राईले किराती मुन्दुमअनुसार पूजापाठ गरी आज काम...
पाथीभरा केबलकार विवाद: सरकारी वार्ता टोलीद्वारा आन्दोलनरत पक्षसँग छलफल सुरु
सोमबार, माघ २१, २०८१
आन्दोलनरत पक्षले आज एक विज्ञप्तिमार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिङ्गक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ ।
नेपालगञ्जमा ‘ट्राफिक लाइट’को नियम लागू
सोमबार, माघ २१, २०८१
गत वर्षको चैतमा उक्त ट्राफिक लाइटको परीक्षणकाल सुरु गरिए पनि गत पुसको २८ गतेदेखि नियमित रुपमा लागू भएको ट्राफिक लाइटले सडकलाई मात्र नभई सवारी साधन चालक र यात्रुलाई समेत व्यवस्थित रुपले सडकमा हिँड्न सहयोग गरेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का बासिन्दा बलवीर खड्काले बताए ।
दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
सोमबार, माघ २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।
साताको लोकप्रिय

