बिदेश पठाइ दिन्छु भनि ठगी गर्ने ३ पक्राउ
बुधबार, माघ ९, २०८१
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंवाट ४ चोर पक्राउ
बुधबार, माघ ९, २०८१
काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् ।
भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण
बुधबार, माघ ९, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ ।
गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण
बुधबार, माघ ९, २०८१
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको वासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए...
काठमाडौं महानगरपालिकामा बचतकर्ताको ४ अरब ४९ करोड रुपैयाँ डुबेकाे भन्दै उजुरी
बुधबार, माघ ९, २०८१
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका छन् ।
महानगरपालिकाले अनुसन्धान र कारवाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो माग दावी गरेका हुन् ।
खेलौना पेस्तोल देखाएर पैसा माग्ने भारतीय नागरिक कलाम पक्राउ
बुधबार, माघ ९, २०८१
रौतहटको सीमावर्ती ईलाकामा खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा माग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
शंखरापुरमा निर्माणाधीन सबस्टेशन लाइन विस्तारको विरुद्धमा आन्दोलनरत स्थानीयलाई रिहा गर्न नेफिनको माग
बुधबार, माघ ९, २०८१
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले अपर तामाकोशी र एकसीसी परियोजना अन्तर्गत शंखरापुर नगरापालिका ३ दुङह्युल भोडामा निर्माणाधीन सबस्टेसन तथा प्रारम्भिक चरणमा तीनवटा हाइ भोल्टेज लाइन विस्तारको प्रभावको विरुद्धमा आन्दोलनरत स्थानीयलाई तत्काल रिहा गर्न माग गरेको छ ।
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ
बुधबार, माघ ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँछन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुदैँछन ।
खानी खोला हाइड्रोपावरको माघ ३० गते वार्षिक साधारण सभा
बुधबार, माघ ९, २०८१
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको माघ ३० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार : ६ महिनामा लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन
बुधबार, माघ ९, २०८१
आन्तरिक राजस्व कार्यालय, भैरहवाको राजस्व संकलनमा सुधार आएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा (साउन देखि पौषसम्म) लक्ष्यको ८७.४३ प्रतिशत राजस्व संकलन गरेको छ ।
नेपाल फाइनान्सले नाफा २ करोड कमाएयाे
बुधबार, माघ ९, २०८१
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो ।
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बुधबार, माघ ९, २०८१
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।
तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै
बुधबार, माघ ९, २०८१
जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपिभी खोप लगाउन लागिएको हो ।
साताको लोकप्रिय

