Harsamaya

रौतहट - गौर–सिरसिया सडकखण्डमा सुटकेशभित्र महिलाको शव फेला परेको छ । 

गौर–सिरसिया सडकखण्डको मुडवालाबा मोडनजिक गएराति सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त सुटकेश खोल्दा भित्र साडी लगाएकी महिलाको शव देखिएको छ। शवको अवस्थालाई हेर्दा प्रारम्भिक अनुमानमा महिलाको हत्या गरी सुटकेशमा राखिएको हुन सक्ने प्रहरीको दाबी छ। 

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित गरिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update