
काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।
आजको बैठकमा गृह, श्रम, खेलकुद र बन मन्त्रालयसँग सबन्धित प्रश्नको सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन् भने कृषि, सहकारी, प्राकृतिक स्रोत समितिको सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेश गर्नेछिन् ।
कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सक परिषद् (पहिलो संशोधन) बिधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले ‘सुचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
साथै, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद बिकास (पहिलो संशोधन) विधेयक, २०८२ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
र, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहित वैकल्पिक वित्त परिचालन विधेयक, २०८ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने सो विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।