Harsamaya
रुसद्वारा एक हप्तामा युक्रेनको डोनेट्स्क क्षेत्रमा थप ७ बस्तीहरू कब्जा 
युक्रेनको डोनेट्स्क क्षेत्र ।

काठमाडौं - रुसको सेनाले गएको एक हप्तामा डोनेट्स्क क्षेत्रमा थप सात बस्तीहरू कब्जा गरेको छ । यद्यपि, युक्रेनले समेत रुसका प्रमुख केन्द्रहरुमा आक्रमण गरेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले रिपोर्ट गरेको छ कि अगस्ट ९ देखि १५ सम्म, उसको सेनाले युक्रेनी रक्षा उद्योग साइटहरू र सैन्य सुविधाहरू विरुद्ध आक्रमण गरेको छ । मन्त्रालयका अनुसार, गत हप्तामा, रुसको वायु रक्षा प्रणालीले युक्रेनी एसयु–२७ लडाकु विमानलाई खसालेको छ । २७ निर्देशित हवाई बमहरू रोकेको छ र २ हजार १०० भन्दा बढी फिक्स्ड–विङ ड्रोनहरू नष्ट गरेको छ।

युक्रेनको सशस्त्र बलले शुक्रबार भनेको छ कि उनीहरूले त्यस दिनको बिहान धेरै प्रमुख रूसी लक्ष्यहरूमा आक्रमण गरेका थिए । ती मध्ये रूसको समारा क्षेत्रमा रहेको सिज्रान तेल रिफाइनरी पनि थियो । युक्रेनी सेनाले डोनेट्स्क क्षेत्रमा रहेको रूसी कमाण्ड पोस्टमा पनि सटीक आक्रमण गरेको छ ।

यसैबिच रुस र युक्रेनबीच जारी संघर्ष रोक्न शुक्रबार अमेरेकी राष्ट्रपति डोनाल्ड ट्रम र उनका रुसी समकक्षी भ्लादीमिर पुटिनबीच अमेरिकाको अलस्कामा  भेटवार्ता भएपनि त्यसले कुनै ठोस निर्णय निकाल्न सकेको छैन् ।
 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update