Harsamaya
सर्लाहीको बागमती नगरपालिकाका  मेयर  थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना

काठमाडौं - विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर  गरेको छ ।  विशेष अदालतका अध्यक्ष टेक बहादुर कुँवर, मुरारी बाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले   थापालाई दोषी ठहर गर्दै  ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ ।

साउन २१ मा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो ।

विशेष अदालतले आज थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो। अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जना प्रतिवादीहरूले जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update