Harsamaya
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा ।

काठमाडौं - नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् ।
 
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर मलको हाहाकार हुँदा मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका हुन् । 

उनले भने,‘देशभर मलको हाहाकार हुन्छ । हामीले कृषिमन्त्री नियुक्ति गछौं तर कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरु नियुक्ति गर्ने परम्पराको विकास भएको छ ।’

त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे । 

उनले भने,‘जनता पीडित छन् । लम्पी स्किन रोगले त्यस्तै देशभरी सताएको छ । धेरै बस्तुहरु मरिराखेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भन्ने माग गर्दछु ।’
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update