Harsamaya
केरुङमा गम्भीर बिरामी परेका नेपालीको क्रेनद्वारा उद्धार, अलपत्र परेका १६९ नेपाली पनि तातोपानी नाका हुँदै देश फर्कने
गत साउन ७ गते तातोपानि नाका हुँदै नेपाल फर्केका नेपालीहरू ।

काठमाडौं - रसुवाको केरुङ नाकामा बाढीले मितेरी पुल बगाएपछि अलपत्र परेका १६९ नेपाली आज स्वदेश फर्कदैछन् । बुधबार जिल्ला प्रशासन कार्यालय रसुवाले प्रेस नोट जारी गर्दै चीनमा अलपत्र परेका १६९ नेपाली नागरिक स्वदेश फर्कन लागेको जानकारी दिएको हो । 

उनीहरू सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्कन लागेका हुन् । गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ ।

 प्रशासनले दुवै देशका सरकार, स्थानीय प्रशासन र सरोकारवाला निकायको समन्वय र पहलमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र पालिकाले उनीहरुलाई सहजीकरण गरी काठमाडौं पठाउने व्यवस्था गर्ने उल्लेख गरेको छ । गत साउन ७ गते पनि तातोपानी नाका हुँदै २०३ जना नेपालीको उद्धार गरिएको थियो ।

यसैबीच केरुङमा गम्भीर बिरामी भएका एक जना नेपाली र उनका सहयोगीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । स्थानीय प्रशासनको सहयोगमा उनीहरूको क्रेनमार्फत आकस्मिक उद्धार गरी उपचारका लागि पठाइएको रसुवा प्रशासनले जनाएको छ । 

529948330_2008490779978763_4473267982791454938_n-1755069471.jpg

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update