Harsamaya
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ?

हेटौँडा - बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। दिउँसो ४ बजे बस्ने बैठकमा बानियाँले मतदानमार्फत समर्थन जुटाउने तयारी गरेका छन्। ११० सदस्यीय प्रदेश ‍‍सभामा विश्वासको मत प्राप्त गर्न  मुख्यमन्त्री  बानियाँलाई  कम्तीमा ५६ मत आवश्यक छ ।  

साउन २० गते  कांग्रेस–एमालेको समर्थनमा ६४ मतसहित मुख्यमन्त्री बनेका बानियाँलाई समर्थन सुनिश्चित गर्न कांग्रेस र एमाले दुवैले  साउन २४ मा आफ्ना सांसदलाई बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

यद्यपि, आफ्नै पार्टीका पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका सांसदहरू असन्तुष्ट छन्। मन्त्री पद नपाएको र देउवा निवासमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरू रुष्ट छन्। यस कारण उनीहरूले विश्वासको मतमा साथ दिने वा नदिने अनिश्चितता कायम छ। सभापति शेरबहादुर देउवाले भने लामा पक्षलाई चेतावनी दिँदै विश्वासको मत नदिए कारबाही हुने स्पष्ट सन्देश दिएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update