Harsamaya
पुरुष राष्ट्रिय त्रिकेट टोलीका लागि जर्सी प्रायोजन प्रस्ताव आव्हान
नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । क्यानले बुधवार सावर्जनिक सूचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अवधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो ।

प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् ।

प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् । प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update