Harsamaya
वर्षाका लागि प्रार्थना गर्दै मुस्लिम समुदाय
वर्षाका लागि प्रार्थना गर्दै मुस्लिम समुदाय ।

रौतहट - रौतहटका मुस्लिम समुदायले वर्षाका लागि  इस्तिस्का (पानीको प्रार्थना) गर्दै  नमाज पढ्न थालेका छन् । परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान् (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन । 

रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल सङ्कट गहिरिँदै गएका बेला उनीहरूले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज  अदा गरेको स्थानीय इस्तिका अहमदले बताए । इस्तिस्का नमाज अदामा मुस्लिम समुदायका  वृद्धदेखि युवासम्म सहभागी भएको उनको भनाइ छ । 

लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नमाज पढ्ने धार्मिक परम्परा रहेको समेत उनले उल्लेख गरेका छन् । 

 उनका अनुसार प्रार्थनाका बेलामा सबैले निःस्वार्थ मनले हात उठाएर अल्लाहसँग क्षमा माग गर्दै रक्षाको कामना गरिन्छ । खडेरी (जल सङ्कट) ले जिव–जनावर, रुख–बिरुवा र खेती बाली सुक्दै गएको र पिउने पानीसम्म अभाव हुन थालेपछि विशेष नमाज अदा गर्दै अल्लाहसँग बारम्बार दुवा गरेको उनको भनाइ छ ।धार्मिक परम्पराअनुसार, लामो समयसम्म पानी नपरेपछि मुस्लिम समुदायले सामूहिक रूपमा इस्तिस्का नमाज पढ्ने गर्छन्। 

यो धार्मिक र सांस्कृतिक अभ्यास मुलुकमा पानीको अभाव र सुख्खा परेका बेला भगवान् (अल्लाह) समक्ष पानीको माग गर्ने गरिन्छ। यो प्रार्थना शान्तिपूर्ण र श्रद्धापूर्वक हुन्छ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update