Harsamaya
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची 
संघीय संसद सचिवालय ।

काठमाडौं -आज संघीय संसद अन्तर्गत विभिन्न पाँच वटा समितिका बैठक बस्दै छन् । बिहान ११ बजे  बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए-नभएको अवस्था, आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै बिहान ११ बजे बस्ने  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ ।  दिउँसो १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा  महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदनउपर छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै , राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा  निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्य तालिका र सो कार्य तालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update