Harsamaya
विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा महलिाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

राजविराज - अग्नीसाइर कृष्णासवरन  गाउँपालिका–४ टेङ्गरीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ ।  

टेङ्गरीका वैद्यनाथ यादवकी ७० वर्षीय श्रीमती उर्मीलादेवी यादवको करेन्ट लागेर शनबिार मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जनाकारी दिए । 

उनका अनुसार खेतमा विद्युत् जडान गरिएको मोटरमा लागेको तारमा छुँदा करेन्ट लागेको हो  । करेन्ट लागेका उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । 


 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update