Harsamaya
आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै
अर्थ समितिको बैठक।

काठमाडौं - संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन् ।

बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ । बैठकमा आ.व. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update