Harsamaya
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा ।

काठमाडौं - राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्स नामक ट्राभल्स ऐजेन्सीले जापानमा भिजिट भिसाका नाममा मान्छे पठाएर अर्बौ रकम लुटिरहेको बताएका छन्  ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदप्रति लक्षित गर्दै उनले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएबापतको पैसाले संसदमा प्रतिनिधित्व गरेको आरोप लगाए । यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन उनले माग गरे । 

बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update