Harsamaya
१२६ जना परीक्षार्थीको परीक्षा रद्द 
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाप्रसाद शर्मा ।

काठमाडौं - एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको नतिजाअनुसार कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई दिएका १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको बताए । 

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४ सय ६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७ सय १५ गरी जम्मा ४ लाख ९९ हजार १ सय ८३ विद्यार्थी सहभागी भएका थिए । 

यो पनि पढ्नुहोस

एसईईको पूरक परीक्षा साउन २९ देखि

यो पनि पढ्नुहोस

एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड (भिडियोसहित)

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update