सबैभन्दा बढी गणितमा फेल, नेपालीमा ५४ हजार बढी फेल

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी विद्यार्थी गणितमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८१ सालको एसईईको नतिजा अनुसार गणित विषयमा मात्रै एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका छन् ।
त्यस्तै अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले ननग्रेडेड भएको बताए ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दु:खद् भएको बताए ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ २१:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय