-1751034591.jpg)
सिन्धुपाल्चोक - इन्द्रावती गाउँपालिका वडा नम्बर ७ को युवा तथा खेलकुद शाखाको आयोजनामा जारी दोस्रो वडाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ४ र वडा नम्बर ५ आमनेसामने हुने भएका छन्।
आज सम्पन्न सेमिफाइनल खेलमा वडा ४ ले आयोजक टिम वडा ७ ‘बी’ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। अर्को सेमिफाइनलमा वडा ५ ‘ए’ ले वडा १२ लाई पराजित गर्दै उपाधि नजिक पुगेको छ।
आयोजकका अनुसार प्रतियोगिताको दोस्रो दिन आज ६ वटा खेलहरू सम्पन्न भएका छन्। भोलि तेस्रो स्थानको लागि वडा ७ ‘बी’ र वडा १२ बीच प्रतिस्पर्धा हुनेछ। सो खेलपछि उपाधि भिडन्त वडा ४ र वडा ५ बीच हुनेछ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।