Harsamaya
एनपीएलमा आज दुई खेल : चार रोचक टिम बीच प्रतिस्पर्धा हुँदै
नेपाल प्रिमियर लिग (एनपीएल) ।

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ । 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । 

पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भइसकेको छ । 

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जितेको छ। 

यस्तै चितवन राइनोजले एक खेलमा जित निकालेको छ र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update