Harsamaya
सशस्त्र प्रहरी सहायक निरीक्षकमा नाम निकालिदिन्छु भन्दै ठगी गर्ने सोम कौशिक पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालीदिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नाम निकालिदिन्छु भनि पीडितलाई ईसेवा तथा विभिन्न बैंक खाताहरूमा ४ लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाई ठगी गरी फरार भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भएका सोमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-७ रामकोटबाट पक्राउ गरेको हो । 

उनलाई ठगी  सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update